Logo

कार्यकर्तालाई नेकपाको निर्देशन : सञ्चारकर्मी लामिछाने समर्थकको प्रदर्शनमा नजानु



Spread the love

२ भदौं, चितवन l नेकपा चितवनले प्रहरी नियन्त्रणमा रहेका न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

आज जारी प्रेस विज्ञप्तिमा आन्दोलन र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त आन्दोलनमा पार्टी नेतृत्वको नाम नै किटान गरी भएका नाराबाजी हुनु ‘धमिलो पानीमा माछा मार्ने चलखेल’ भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन l’

 

 

 

प्रतिक्रिया दिनुहोस्