Logo

नेपाललाई भारतले सिक्किम बनाउने सपना मात्र हो : परराष्ट्रमन्त्री ज्ञवाली



Spread the love

२ भदौं, काठमाडौँ l नेपाललाई भारतले सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आज भएको पत्रकार सम्मेलमा सहभागिता जनाउँदै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् l

काँग्रेस नेता प्रदिप गिरिले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भनेका थिए ।

मन्त्री ज्ञवालीले नेता गिरीको भनाईको खण्डन गर्दै भने, “नेपालको स्वतन्त्रतालाई त्यो ढङ्गको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होईन, नेपाल सरकार त्यसको खण्डन गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्