Logo

नेपाल किर्गिस्तानको सामना गर्दै



Spread the love

२ भदौ, काठमाडौं । आजदेखि एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता ललितपुरमा सुरु हुँदैछ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले बलियो टोली किर्गिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानबीचको खेल अपरान्ह ४ः०० बजेबाट सुरु हुनेछ ।

नेपाल यो खेलमा जितसहित सुखद सुरुवात गर्ने रणनीतिमा रहेको छ भने किर्गिस्तान जारी प्रतियोगिताको उपाधि दाबेदार टोलि हो।

प्रतिक्रिया दिनुहोस्