Logo

बराबरीमा रोकियो चेल्सी



Spread the love

२ भाद्र, काठमाडाैँ – इंग्लिस क्लब चेल्सी नयाँ सिजनको दोश्रो खेलमा बरारीमा रोकिएको छ । आइतबार राति भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको खेलमा सुरूवाति अग्रता चेल्सीले लिएको थियो । लेस्टरका खेलाडीले डि–बक्समा गरेको गल्तिक फाइदा उठाउँदै माउन्टले ७ औँ मिनेटमा अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता लिएको चेल्सी खेलको ६७ मिनेटमा बराबरीमा आयो । लेस्टरका न्डिडिले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

हिजोको खेलमा अंक बाडेको चेल्सी सुरूवाति  खेलमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्