Logo

‘गाउँपालिकाको विकासले गति लिन्छ’



Spread the love

१ भाद्र, दाङ – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पश्चिम दाङमा रहेको बबई गाउँपालिकाको विकासले तीब्रता पाउने बताएका छन् । बबई गाउँपालिका–५ को पदमपुरमा निर्माण गरिएको बहुउद्देश्यीय सभाहलको शनिबार उद्घाटन गर्दै उनले गाउँपालिकाभित्र हुने सभा, सम्मेलनलगायतका कार्यक्रममा उपयोग हुनुका साथै विपद्का बेलामा जनतालाई ओत लाग्न सजिलो हुने बताए ।

मुख्यमन्त्री पोखरेलले दाङ–सुर्खेत सडकखण्ड निर्माणको काम रकम अभावका कारण नरोकिने बताए । उनले भने, “जीर्ण रहेको सो सडक आफ्नै पहलमा कालोपत्र गर्ने काम भएकाले रकम अभावका कारण कालोपत्र गर्ने काम अब रोकिन्न र त्यसको जिम्मेवारी म लिन्छु ।”

उनले अब विभिन्न भौतिक पूर्वाधारको काममा ढिलाइ गर्नेको ठेक्का रद्द गर्नेदेखि अनुमतिपत्र खारेज गर्नेसम्म कानून बनाउन लागिएको जानकारी दिए । उनले हापुरे–कोहलपुर सडक जोड्नका लागि पनि सम्भाव्यता अध्ययनको काम शुरु भएको बताए । प्रदेश सरकारको रु ६० लाखको लागतमा निर्माण गरिएको बहुउद्देश्यीय सभागृहमा ५०० जना अट्न सकने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्