Logo

प्रिमियर लिगमा आज सात खेल हुँदै



Spread the love

३२ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ७ ओटा खेल हुँदैछन् । साविकको विजेता म्यानचेस्टर सिटीसंग उपाधिको दाबेदार टोटेनहमले प्रतिस्पर्धा गर्नेछ । सिटीको मैदानमा खेल नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ । दुवै टोली जितको खोजीमा नै मैदान उत्रनेछ ।

साउथह्याम्टन र लिभरपुलबीचको खेल राति पौने ८ बजे हुनेछ । यस्तै साविकको उपविजेता लिभरपुलले साउथह्याम्पटनको भ्रमण गर्दैछ । पौने आठ बजे प्रिमियर लिगमा अरु चार खेल पनि हुँदैछन् ।

नर्विच सिटी र र न्यूक्यासल युनाइटेड, एभर्टन र वाट्फोर्ड, ब्राइटन एण्ड होभ अल्वियन र वेष्टह्याम युनाइटेड तथा एस्टन भिल्ला र बर्नमाउथबीचको खेल पनि पौने आठ बजे हुनेछ । प्रिमियर लिगको अन्य खेलहरु

-आर्सनलविरुद्ध बर्नली (साँझ ५ः१५ बजे)
-एस्टन भिल्ला विरुद्ध बर्नमाउथ (राति ७ः४५ बजे)
-ब्राइटनविरुद्ध वेस्टह्याम (राति ७ः४५ बजे)
-एभर्टनविरुद्ध वाटफोर्ड (राति ७ः४५ बजे)
-नर्विचविरुद्ध न्यु क्यासल (राति ७ः४५ बजे
-साउथह्यानम्पटनविरुछ लिभरपुल (राति ७ः४५ बजे)
-म्यानचेस्ट सिटीविरुद्ध टोटेनहम ( राती १०ः१५ बजे)

प्रतिक्रिया दिनुहोस्