Logo

‘रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद’ – मन्त्री ज्ञवाली



Spread the love

३२ साउन, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य गरेको भन्दै लगाएको आरोप बारेको भिडियो शंकास्पद रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ ।’

उनले कानुन भन्दा ठुलो कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपश्चात सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो’, मन्त्री ज्ञवालीले भने, ‘कानुन भन्दामाथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्