Logo

यि जिल्लाहरूमा, चट्याङ्गसहित भारी वर्षाको सम्भावना



Spread the love

३२ साउन, काठमाडौं । शनिवार दिउँसो पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे भन्दै माैसमविदले सतर्क रहन सम्बन्धित क्षेत्रका वासीहरूलाइ सूचित गरेका छन् ।

अहिले देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको हुनाले ठुला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाे छ ।

शनिवार र आइतबार नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सतर्क रहनुपर्ने मौसमविदको आग्रह छ ।  झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्ला भई बग्ने कन्काई, कमला, बागमती र महाकाली नदीमा पनि बहाव बढ्ने अनुमान छ । केही साना नदीमा पनि आकस्मिक बहावको सम्भावना भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

मौसम विज्ञान विभागका अनुसार धनगढीमा सबैभन्दा बढी २९ मिलिमिटर पानी परेको छ । ताप्लेजुङमा १४, दाङमा १३ र काठमाडौँमा १२ मिलिमिटर पानी परेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्