Logo

राप्रपाको गणपूरक सङ्ख्यामा सहभागी हुन नसकेका कारण हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापित हुन सकेन : अध्यक्ष थापा



Spread the love

३१ सुन, काठमाडौँ l गएको संविधानसभामा राप्रपाको गणपूरक सङ्ख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापित हुन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् l

अध्यक्ष थापाले आउने चुनावमा सर्वसाधारणको मन जितेर पूर्ण बहुमतका साथ पार्टीलाई स्थापित गर्दै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढिसकेकोले त्यसतर्फ केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौँ सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष थापाले परम्परागत संस्कृति हटाएर आएका पार्टीहरू र धर्म, संस्कृति, परम्परा मान्ने दुई समूहबीच नै प्रतिस्पर्धा हुने भएकोले नागरिकको घर दैलोमा पार्टीको एजेन्डा पुर्‍याउन सके राप्रपा अग्रणी हुनेमा आफू विश्वस्त रहेको बताउँदै यसको लागि पार्टीले २०७६ साललाई सङ्गठन निर्माण वर्ष घोषणा गरेर कार्य प्रारम्भ गरिसकेको बताएका छन् l

प्रतिक्रिया दिनुहोस्