Logo

सचिनको एकपछि अर्को रेकर्ड तोड्दै विराट कोहलीले



Spread the love

३१ साउन, काठमाडौं । अहिले भारतीय कप्तान विराट कोहली विश्वका नम्बर वान क्रिकेटर हुन्। उनले वेस्टइंन्डिजविरुद्ध तीन खेलको सिरिजको तेस्रो एकदिवसीय खेलमा ११४ रनको शतकीय इनिङ खेलेपश्चात नयाँ कीर्तिमान बनाए ।

कोहली करिअरको ४३ औं शतक पुरा गर्दा दश वर्षमा २० हजार रन बनाउने पहिलो खेलाडी बन्न सफल भएका छन् । २०१० देखि २०१९ को अगस्ट मध्य सम्ममा उनले २००१८ रन बनाए ।

भारतका लागि कोहली बाहेक अन्य दुई खेलाडीले पनि एक दशकमा १५ हजार रन पुरा गरेका छन्। सचिन तेन्दुलकरले १५९६२ रन बनाएका थिए। त्यस्तै राहुल द्रबिडलेपनि सोहि दशकमा १५८५३ रन बनाए । एकदिवसीय खेलमा कप्तानको रुपमा कोहलीले २१ औं शतक प्रहार गरे। उनी कप्तानका रुपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको दोस्रो नम्बरमा रहे। कोहलीले भने केवल ७६ इनिङमानै २१ शतक प्रहार गरीसकेका छन्।

प्रतिक्रिया दिनुहोस्