Logo

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु



Spread the love

३१ साउन, काठमाडौँ l बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ  । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएपछि हिजो स्थगित भएको बैठक आज बिहान सवा ११ बजेपछि सुरु भएको हो ।

उक्त बैठकमा पार्टीका केन्द्रीय विभागहरूको नेतृत्व टुङ्गो लगाउने विषयमा छलफल हुनेछ । स्कुल विभागको नेतृत्व कसले गर्ने भन्ने विषयमा टुङ्गो लाग्न भने सकिरहेको छैन ।

स्कुल विभागमा पूर्व एमाले तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलको दाबी रहेको छ भने पूर्व माओवादी तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्