Logo

चितवनमा पत्रकार लामिछानेका समर्थकद्वारा नाराबाजी



Spread the love

३१ साउन, काठमाडौँ l नेपाल प्रहरीले पक्राउ गरेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि आन्दोलन गरेका छन् ।

समर्थकहरूले नाराबाजीसहित आन्दोलन गरेका हुन् । पत्रकार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यरात चितवन लगिएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनामा मुछिएका उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी हिरासतमा उनीहरूलाई उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताएका छन् ।

हेर्नुहोस् लाईभ भिडियो

 

प्रतिक्रिया दिनुहोस्