Logo

दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले उत्तर कोरिया क्रुद्ध



Spread the love

३१ साउन, काठमाडौं । दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले क्रुद्ध भएकाे छ । दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले क्रुद्ध बनेको उत्तर कोरियाले, दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा पनि गरेको छ ।

वार्ताको वातावरण विथोलेको निष्कर्ष सुनाउँदै उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले एक विज्ञप्ति जारी गरी विगतमा अमेरिका र दक्षिण कोरियासँग भएको सहमति, संयुक्त सैन्य अभ्याससँगै सकिएकाे बताएको छ ।

उसले भनेको छ– संयुक्त सैन्य अभ्यासपछि पनि वार्तामा बस्न सकिन्छ भनेर भ्रम नपाले हुन्छ ।’

मुख्यगरी कम्प्युटर सिम्युलेशनमा आधारित रहेर दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास अहिले चलिरहेता पनि युद्धको तयारीका लागि यस्तो गरिएको भन्दै उत्तर कोरियाले शंका व्यक्त गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले हालैको आफ्नो सम्बोधनमा सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने उल्लेख गरेका थिए । सैन्य अभ्यासप्रति रुष्ट प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको याे सम्बोधनप्रति पनि आक्रोस पोखेको छ ।

यसको प्रतिक्रियास्वरुप उत्तर कोरियाले थप क्षेप्यास्त्रसमेत परीक्षण गरेको छ । दक्षिण कोरियाको पूर्वी तटमा शुक्रबार बिहानै दुई क्षेप्यास्त्र प्रहार भएको हो । यो उत्तर कोरियाले केही साताको बीचमा गरेको छैटौं परीक्षण हो । ६ दिनअघि मात्रै उसले सर्ट रेन्जको दुई ब्यालेष्टिक मिसाइल जापानको समुद्रमा प्रहार गरेको थियो ।

जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन ऊनबीच भएको भेटघाटमा परमाणु निःशस्त्रीकरणबारे पुनः वार्ता सुरु गर्ने सहमतिपश्चात यी श्रृंखलाबद्ध परीक्षण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्