Logo

सीमा क्षेत्रमा गोली हानाहान: पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए



Spread the love

३१ साउन, काठमाडौँ । काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन जना पाकिस्तानी र पाँच जना भारतीय सेनाकाे ज्यान गएकाे एजेन्सिले छ ।

भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरको ट्वीटमा उल्लेख गरिएको छ । मेजर जनरल गाफुरले ट्वीटमा, नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक शहीद भएको र केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएको छैन ।

धारा ३७० खारेज गरेकामा रुष्ट पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्दै व्यापारसमेत रोक्ने निर्णय गरेको छ । पछिल्लो गोली हानाहानको घटनाबारे भारतीय पक्ष भने मौन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्