Logo

नेकपा काठमाडौँ नगर कमिटीको सपथ



Spread the love

३१ साउन, काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँको विभिन्न नगर कमिटीका अध्यक्ष र सचिवको सपथग्रहण बिहीबार गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच सपथ गराइएको हो ।

शङ्खरापुर नगर कमिटी अध्यक्ष मधु केसी र सचिव रामकुमार तिवारी, कागेश्वरी मनहरा नगर कमिटी अध्यक्ष ज्योतिराम फुँयाल र सचिव भोला चापागाईँ, गोकर्णेश्वर नगर कमिटी अध्यक्ष उद्धव विष्ट र सचिव मनबहादुर तामाङ तथा बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष रविन अधिकारी र सचिव प्रदिप डङ्गोलले सपथ लिएका हुन् ।

यस्तै टोखा नगर कमिटीका अध्यक्ष दिपक बानियाँ र सचिव सत्यनारायण डङ्गोल, तारकेश्वर नगर कमिटी अध्यक्ष लव बस्नेत र सचिव रामकुमार थापा, नागर्जुन नगर कमिटी अध्यक्ष नन्दनहरी गौतम र सचिव युवराज गौतम, चन्द्रागिरि नगर कमिटी अध्यक्ष राजु श्रेष्ठ र सचिव देवकृष्ण महर्जन तथा कीर्तिपुर नगर कमिटी अध्यक्ष विकास महर्जन र सचिव दिलवहादुर महर्जनले सपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्