Logo

धनाढ्यहरूलाई शङ्काको नजरले होइन, सम्मान दिनुपर्छ : प्रधानमन्त्री मोदी



Spread the love

३० साउन, नयाँ दिल्ली l धनाढ्यहरूलाई शङ्काको नजरले हेर्न नहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा आज दिल्लीस्थित लालकिल्लामा आयोजित समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति बृदी गर्नुलाई ‘एक महान् राष्ट्रिय सेवा’का रूपमा अर्थ्याए ।

प्रधानमन्त्री मोदीले भने,‘धनीहरूलाई शङ्काको नजरले हेर्नु हुँदैन, ती राष्ट्रका सम्पत्ति हुन्, उनीहरूलाई सम्मान दिनुपर्छ ।’ उनले थपे, सम्पत्ति बढाउनु एक महान् राष्ट्रिय सेवा हो, सम्पत्ति बढे न त्यसको वितरण हुन सक्छ ।’

गत वर्ष प्रधानमन्त्री मोदीले उद्योगपतिहरूले कारोबारका साथसाथै सामाजिक कार्य पनि गर्ने भएकाले उनीहरूलाई सम्मान गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्