Logo

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ



Spread the love

३० साउन, काठमाडौँ l नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्ला सेक्रेटरी देविलाल पुन, मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् ।

जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा छानबिन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्