Logo

वेस्ट इन्डिजसँगको तीन वान डे सिरिज भारतलाई



Spread the love

३० साउन, काठमाडौं । वेष्ट इन्डिज विरुद्धको एक दिवसीय सिरिज भारतले जितेको छ । बिहीबार विहान डकवर्थ लेविस पद्धतीको आधारमा तेस्रो वान डे खेलमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज क्लिनस्वीप गरेको हो ।

वर्षाको कारण खेल अवरुद्ध हुँदा भारतले ३५ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो । भारतले ३२.३ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले ९९ बलको सामना गर्दै १ सय १४ रनमा अविजित रहँदै जित पक्का गरे । उनको यो ओडीआई करिअरको ४३ औ शतक हो ।

त्यस्तै, श्रेयस अय्यरले ६५ रनको योगदान दिए। यसैगरी ओपनिङ ब्याटस्म्यान रोहित १० रन बनाउँदा रन आउट भए भने अर्का ओपनर शिखर धवनले ३६ रन बनाए।यसक्रममा वेस्ट इण्डिजका लागि फाबियन एलनले २ विकेट लिए भने केमर रोचले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम वान डे खेलिरहेका क्रिस गेलले ७२ रनको योगदान दिए। त्यसैगरी इभिन लुइसले ४३ रनको बनाए।

भारतका लागि खलिल अहमदले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद शमीले २ विकेट लिदां युजेबेन्द्र चहल र रविन्द्र जडेजाले समान १-१ विकेट लिए।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो भने दोस्रो खेलमा डकवर्थ लेविस पद्दतीको आधारमा ५८ रनले विजयी भएको थियो । वेस्ट इन्डिज र भारतबीच थप दुई टेष्ट खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्