Logo

सार्वजनिक यातायातमा सांसदहरूका लागि दुई सिट राख्न सांसद मल्लको माग



Spread the love

२९ साउन, काठमाडौँ l सार्वजनिक यातायातमा सांसदहरूका लागि दुईवटा आरक्षित सिट राख्न माग राष्ट्रियसभाका सदस्य कालीबहादुर मल्लले गरेका छन् l

आज काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकमाथिको छलफलमा सहभागिता जनाउँदै सांसद मल्लले सार्वजनिक यातायातमा दुई सिट सांसदहरूका लागि आरक्षण गर्नुपर्ने मन्तव्य राखेका हुन् ।

उक्त छलफलमा सांसदको चिन्ह देखाउँदै सांसद मल्लले भने, “हामी यो फुली लगाएर ट्याम्पो चढ्नेहरूका लागि कहीँ भिआइपी सिटको व्यवस्था हुन्छ भने पनि नियमावली बन्ने बेलामा होस् । सरकारी सिट प्लेनमा हुन्छ । भिआइपी सिट भनेर दुईवटा सरकारी सिट व्यवस्था भइदियो भने राम्रो हुन्थ्यो ।”

प्रतिक्रिया दिनुहोस्