Logo

‘मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्यका एक हुन् ’- क्रिस्टियानो रोनाल्डो



Spread the love

२९ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेस्सी र उनीबीचको फरकबारे बोलेका छन् । इटालियन संचार मध्यम डाज्नसँग बोल्दै रोनाल्डोले आफ्नो अभिव्यक्ति ब्यक्त गरेका हुन् ।

रोनाल्डोले मेस्सी र उनीबीच खासै धेरै फरक नभएको स्वीकार गरेका छन् । ‘ मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्यका हुन् । उनी ५ पटक ब्यालोन डी’ओर उपाधि जितेको कारण मात्र नभएर म जस्तै हरेक वर्ष उत्कृष्ट स्तरमा फुटबल खेलेका कारण चिनिनेछन्,’ रोनाल्डोले थपे,’ मेस्सी र मबीच केहि फरक छ भने त्यो मात्र मैले फरक क्लबबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जितेको हो ।’

रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग उपाधि जित्नुलाई पनि विशेष मानेका छन् । ‘ निकै कम खेलाडी छन् जसले ५ पटक च्याम्पियन्स लिग जित्न सक्छन् । यसकारण पनि म आफैं यस प्रतियोगितासँग विशेष सम्बन्ध रहेको बुझ्छु ।’

३४ वर्षीय रोनाल्डोले यो उमेरमा पनि आफूलाई फिट राख्नुको राज कडा मिहिनेत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्