Logo

निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैँले लगानी गर्छ : पर्यटनमन्त्री भट्टराई



Spread the love
 

२८ साउन, काठमाडौँ l राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सहभागिता जनाउँदै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने नसके सरकारले निर्माण कार्य अगाडि बढाउने बताए ।

लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने पनि मन्त्री भट्टराईले बताए । सरकार वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा नरहेको बताउँदै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताएका छन् ।

आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम पूर्ण गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए ।

सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरूले बनाउने जानकारी दिँदै नेपाली प्राविधिकहरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरूलाई विश्वास गर्नुपर्ने मन्त्री भट्टराईले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्