Logo

खोलामा डुबेर शिक्षक सहित २ जनाको मृत्यु



Spread the love

२८ साउन, बेझाड – ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुई जनाको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्