Logo

आर्सनलद्वारा न्यूक्यासल युनाइटेड पराजित



Spread the love

२७ साउन, काठमाडौं । आइतबार आर्सनलले न्यूक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । आर्सनलले पहिलो हाफमै अग्रता लिने मौका पाएको थियो । तर हेनरिख मखातेरियनको प्रयास विफल भयो ।

५८ औं मिनेटमा उबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे । न्युक्यासलविरुद्धको पछिल्लो १४ खेलमा आर्सनलको त्यो १३ औं जित हो ।

अर्को खेलमा लेस्टर सिटी र वल्भ्सले गोलरहित बराबरीमा रोकिए । वल्भ्सले खेलमा गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको रिभ्युमा उक्त गोल मान्य भएन ।

प्रतिक्रिया दिनुहोस्