Logo

स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किए प्रधानमन्त्री



Spread the love
 

२७ साउन, काठमाडौँ । सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओली सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् । उनले विमानस्थलको अति विशिष्ट कक्षमा भेला भएका सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

सञ्चारकर्मीहरूले स्वास्थ्यबारे जानकारी दिनु पर्‍यो भनेर आग्रह गर्दा प्रधानमन्त्री ओलीले भने, ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’ प्रधानमन्त्री सहितको टोलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरू, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङ लगायत विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्