Logo

यो सिजन रोहितको टोली निक्कै दबाबमा



Spread the love

२६ साउन, काठमाडौं । यो सिजन नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा निकै दबाबमा रहेको छ । शनिवार भयंकरासँगको खेलमा पर्सिजाले १–१ को बराबरी रोकिएको हो ।

२८ औं मिनेटमा मारिओ सिमिकले दिलाएको अग्रतालाई पर्सिजाले कायमै राख्न सकेन । ४१ औं मिेनटमा एन्डरसन सालेसले भयंकराको लागि बराबरी गोल फर्कायो ।

रोहितले शनिवारको खेल पुरै समय खेलेका थिए । ९ खेलबाट मात्र ८ अंक जोडेको पर्सिजा रेगिलेसन क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्