Logo

राहुलको राजीनामा मञ्जुर, साेनिया बनिन कांग्रेसकाे अन्तरिम अध्यक्ष



Spread the love

11 अगष्ट, नयाँ दिल्ली । गान्धी परिवारबाट नेतृत्व चुनने परम्पराकाे विवादका बिच काँग्रेस कार्यसमिति ले फेरि एक चाेटी सोनिया गांधीको नेतृत्वमा नै भरोसा जतायको छ । शनिवार दुई चोटि भएको म्याराथन बैठक पछि सन् १९९८ देखी २०१७ सम्म पार्टीको नेतृत्व सम्हालेकी सोनिया लाई नै अन्तरिम अध्यक्ष चुनिएको छ ।

नयाँ अध्यक्षको चुनाव नहुँदासम्म सोनिया नेतृत्व सम्हाल्ने छिन । यो भन्दा अगाडी सोनिया र राहुल गान्धी पहिलो बैठकबाट बिचमा नै उठेर गएक थिए । उनका अनुसार उनी अध्यक्ष को चयन प्रक्रियामा शामिल हुन चाहान्थेनन । ताकी कसैको रायमा उनको प्रभाव नपरोस ।

दिनभरि नै चलेको बैठक पछि, राती राज्यसभामा प्रतिपक्ष नेता गुलाम नवी आजादले कार्यसमितिको पाँच समूहको रिपोर्टमा नेताहरूको राय अनुसार सोनियाको नाम नै अगाडी आयो । पहिला त उनले अस्वीकार गरेकी थिइन्, तर वरिष्ठ नेताहरूको एकदमै आग्रह पश्चात् नेतृत्व सम्हाल्ने स्वीकृति जनाइन ।

काँग्रेस प्रवक्ता रणदीप सुरजेवालाले बताए अनुसार बैठकमा तीन प्रस्ताव पेस गरिएको थियो । पहिलो प्रस्ताव थियो राहुल गांधीले पार्टी को शानदार नेतृत्वको राजीनामा दिए । उनलाई अध्यक्ष पदमा रहिरहन पार्टीद्वारा आग्रह गरिएको थियो, तर उनले अस्वीकार गरे ।

दोस्रो प्रस्तावमा कार्यसमितिले सोनियालाई अन्तरिम अध्यक्ष बन्न का लागी माग गर्‍यो, जसलाई उनले स्वीकार गरिन । तेस्रो प्रस्ताव जम्मू-कश्मीर का लागि थियो, जसमा राज्यको मौजुदा हालतलाई लिएर चिन्ता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्