Logo

जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित



Spread the love

२६ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबिचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यवसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् ।

सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने अनुमानले चिन्ता थपिएको उनीहरू बताउँछन् । ‘अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन, तर केही हुने हो कि भन्ने विषयले चिन्ता बढेको छ,’ जम्मुमा बस्दै आएका नरेश घतानीले कान्तिपुरसँग भने ।

केन्द्र सरकारले गत सोमबार जम्मु–कश्मीरलाई विशेषाधिकार दिएका संविधानका धारा ३७० र ३५ (क) खारेज गरेपछि परिस्थिति अन्योलपूर्ण बनेको हो । सोमबारको निर्णयअघि नै जम्मु–कश्मीरका अधिकांश भागमा धारा १४४ मार्फत निषेधआज्ञा मात्र जारी नभई मोबाइल, इन्टरनेट र केबल सेवासमेत बन्द गरिएको थियो । शन्बिारदेखि जम्मु–कश्मीरमा निषेधाज्ञा हटाइएको छ ।

यी क्षेत्रमा धागो, औषधी, भाँडा र खाद्य उद्योग छन् । त्यहाँ नेपाली मजदुरको बाक्लो उपस्थिति छ । आइतबारदेखि फेरी बन्द हुने हल्ला चलेकाले के हुने हो भन्न सकिने अवस्था नरहेको घतानीले बताए । कान्तिपुर दैनिकमा सुरेजराज न्यौपानेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्