Logo

सडकको दायाँबायाँ पनि फलफुलका बिरुवा रोप्न सकिन्छ : सञ्चारमन्त्री बाँस्कोटा



Spread the love

२५ साउन, काठमाडौँ l मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

सूर्य विनायक नगरपालिका–२ बालकोटमा शनिवार सार्वजनिक निजी सहकारी यात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री बास्कोटाले मानिसकै कारण मान डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्न सक्ने खतरा रहेको बताए ।

मन्त्री बास्कोटाले भने, ‘ठुला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने?’

विकास पृथ्वी र मावनजातीको हितका लागि भएकाले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा आमूल सङ्कट आउने मन्त्री बास्कोटाको भनाइ थियो l

ठुला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाई समेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने मन्त्री बास्कोटाले बताएका छन् ।

मानिसमा स्वयंले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको बताउँदै उनले भने, ‘मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट मानिस अब माथि उठ्नुपर्छ ।’

मन्त्री बास्कोटाले मुस्ताङको स्याउ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफुलमा पनि आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै सडकको दायाँबायाँ पनि फलफुलका बिरुवा रोप्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्