Logo

भारतीय क्रिकेटर रैना ६ हप्ता मैदान बाहिर रहने



Spread the love

२५ साउन, काठमाडौं । कम्तीमा ६ हप्ता भारतीय क्रिकेट टोलीका खेलाडी सुरेश रैना मैदान बाहिर हुने भएका छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीमा खासै नदेखिएका रैनाको खुट्टाको शल्यक्रिया भएको छ । जसका कारण उनले कम्तीमा ६ हप्ता आराम गर्नुपर्ने भएको छ ।

गएको सिजनदेखि घुँडाको चोटबाट गुज्रिरहेका रैनाले शल्यक्रियापश्चात अर्को महिनाबाट सुरु हुने भारतीय घरेलु प्रतियोगिता गुमाउने भएका छन् ।

सुरेशले भारतीय क्रिकेट टोलीका लागि १८ टेस्ट, दुई सय २६ एकदिवसीय र ७८ ओटा टी–२० खेल खेलका छन् ।

प्रतिक्रिया दिनुहोस्