Logo

रियलमा हाजार्डले रोनाल्डोको ७ नम्बर जर्सी लगाउने



Spread the love

२५ साउन, काठमाडौं । स्पेनिस महारथी रियल म्याड्रिडका लागि यसै सिजन क्लब आएका इडेन हाजार्डले ७ नम्बर जर्सी लगाउने भएका छन् ।

क्लबका खेलाडी राउल गोन्जालेज, क्रिस्टियानो रोनाल्डो लगायतले लगाएको जर्सीको महत्त्व बेग्लै रहने गरेको छ । अघिल्लो सिजन मारियानो डियाजले ७ नम्बर लगाएका थिए भने हाजार्डको आगमनसँगै उनले अब २४ नम्बरको जर्सी लगाउने भएका छन् ।

नयाँ खेलाडीहरुले पनि जर्सी नम्बर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्