Logo

नेकपामा सहमति पालना नभए पार्टी गम्भिर दुर्घटनामा फस्न सक्छ : नेता भट्ट



Spread the love

२५ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता ताका भएको सहमति अक्षरंश पालना हुनुपर्ने नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले बताएका छन् ।

सहमति पालना नभए पार्टी गम्भिर दुर्घटनामा फस्न सक्ने नेता भट्टको चेतावनी छ । गए राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले यस्तो बताएका हुन् ।

उनले केपी ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री बन्ने घोषणा पनि गरे l नेता भट्टले दुई अध्यक्षद्धयबीच नै आलोपालोको सहमति भएकोले ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्नेमा कुनै द्धिविधा नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्