Logo

‘युईएफए गोल अफ दि सिजन’ अवार्ड मेस्सीलाई



Spread the love

२५ साउन, काठमाडौं । २०१८ – १९ को ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले हात पारेका छन् । शुक्रबार युरोपियन क्लब फुटबलको सर्वोच्च निकायले घोषणा गरेको युरोपियन च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा मेस्सीको गोललाई उत्कृष्ट ठहर गरेको हो ।

गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा मेस्सीले लिभरपुलविरुद्धको पहिलो खेलमा फ्रि-किकमार्फत गरेको गोल नै सिजनको उत्कृष्ट भएको छ ।

मेस्सीले यस अवार्डका लागि युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित १० खेलाडीलाई पछि पार्दै अवार्ड आफ्नो पोल्टामा पारेका छन् । मेस्सीको गोल समर्थकहरुको भोटका आधारमा उत्कृष्ट भएको हो ।

प्रतिक्रिया दिनुहोस्