Logo

नेपालमा ई-लर्निङ सेवाबाट जापनिज भाषा अध्ययन गर्न सकिने



Spread the love

२५ साउन, काठमाडौँ । बिहीबार जापनिज भाषा अध्ययनका लागि ई– लर्निङ सेवाको औपचारिक सम्झौता पछि नेपालमा जापनिज भाषा अध्ययन गर्नका लागि ई– लर्निङ सेवा सुरु भएको छ ।

जापनिज इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स (जेआइसिई) का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिङकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापनिज भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरे पछि याे सेवा सुरु भएकाे हाे ।

सिइओ नाकाता सुनिइचीका अनुसार अध्ययनका लागि तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरूको सहजताका लागि याे सेवा उपलब्धि मूलक हुनेछ । ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए ।

सुरुवाती चरणमा इन्टरनेटको पहुँच भएका स्थानहरूमा ई–लर्निङ सेवा सुरु गरिने र नेपाल बाहिरका अथवा इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गरिने ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्