Logo

आदिवासी–जनजाति दिवस मनाइयो



Spread the love

२५ साउन, काठमाडाैँ – काठमाडौँलगायत विभिन्न जिल्लामा शुक्रबार २५औँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘समावेशी सहभागिताका लागि हाम्रो आन्दोलन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । काठमाडौँमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा चेतनमूलक र्यालीसहित माइतीघर मण्डलमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

दिवसका अवसरमा उनीहरूले सडकमै नाचगान प्रस्तुत गरेका थिए । काठमाडौँको भृकुटीमण्डपबाट सांस्कृतिक झाँकीसहितको ¥याली शहीदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलमा पुगेर टुङ्गिएको थियो ।

आदिवासी जनजातिहरूले पहिचान र अधिकारलाई केन्द्रमा राखेर दिवस मनाएका हुन् । उनीहरूले आदिवासी जनजातिको अधिकार स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्र सङ्घको आदिवासी जनजातिसम्बन्धी हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिनको सम्झनामा सन् १९९५ देखि हरेक अगस्ट ९ मा यो दिवस मनाउन शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्