Logo

बस दुर्घटनामा काँग्रेसद्वारा दुःख व्यक्त



Spread the love

२४ साउन, काठमाडाैँ – नेपाली काँग्रेसले धादिङको वेनीघाट रोराङ गाउँपालिका–३ त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नम्बरको रात्रिबस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु हुनाका साथै दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । उनले बेपत्ताको तत्काल खोजी र उद्धारको कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यान आकृष्टसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्