Logo

मन्त्री अर्यालले भनिन् – दोषीहरू कोही पनि उम्किँदैनन्



Spread the love

२४ साउन, काठमाडौँ l ललिता निवास जग्गा प्रकरणमा सरकारका ३ वटा निकायले आ–आफ्नो ढङ्गबाट कार्य गरिरहेकोले दोषीहरू कोही पनि नउम्किने विश्वास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले दिलाएकी छिन् ।

गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

कोही मान्छे लोभ, लालच, पैसासँग जोडेर आफूकहाँ आउँछ भने त्यसको बारेमा केही नसोची प्रहरीकहाँ बुझाइदिने पनि मन्त्री अर्यालले बताइन् l बालुवाटार जग्गा प्रकरणमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले जग्गा कब्जा गरेको र लुटेको भनेर कहीँ कतैबाट कुरा नआएको मन्त्री अर्यालले बताएकी छन् l

प्रतिक्रिया दिनुहोस्