Logo

दक्षिण अफ्रिकी क्रिकेटर अमलाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



Spread the love

२४ साउन, काठमडौं । दक्षिण अफ्रिकाका तिब्र बलर हाशिम अम्लाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ओपनिङ ब्याट्सम्यान हसिमले आफूले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका हुन् । तर उनले क्लब र घरेलु प्रतियोगिता भने खेल्ने छन् । ३६ वर्षीय अमलाले १५ वर्षदेखिको अन्तर्राष्ट्रिय क्रिटेकको यात्रालाई पूर्णबिराम लगाएका छन् ।

अमलाले १२४ टेष्ट खेलमा ९ हजार २८२ रन बनाएका छन् । एकदिवसीयको १७८ इनिङमा ब्याटिङ गर्दा ८११३ रन बनाएका छन् । एकदिवसीयमा २७ शतक र ३९ अर्धशतक बनाउन सफल भएका छन्।

 टी–ट्वेन्टीको ४४ इनिङ ब्याटिङ गर्दा १२७७ रन बनाएका छन् । उनले अन्तराष्ट्रिय क्रिकेटका कुनै पनि प्रतियोगितामा बलिङ भने गरेनन् ।

प्रतिक्रिया दिनुहोस्