Logo

भारतसँगको सम्बन्धमा पाकिस्तानको डरलाग्दो नजर : जम्मू-कश्मीर काण्ड



Spread the love

२४ साउन, काठमाडौं । जम्मु-कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० लाई सोमबार समाप्त गर्दै भारतको केन्द्रीय सरकारले जम्मू-कश्मीर लाई दुई हिस्सामा, जम्मू-कश्मीर र लद्धाखमा बाँडेर केन्द्र शासित प्रदेश बनाएको थियो । भारतको यो निर्णयमा असहमति जनाउँदै पाकिस्तानले भारतलाई विभिन्न किसिमका डर लाग्दा क्रियाकलाप देखाउँदै आएको छ । भारतले अनुच्छेद ३७० लाई खारेज गरेको कदमको विरोध गर्दै बुधवार पाकिस्तानले भारतीय उच्चायुक्त अजय बिसारियालाई निष्कासित गरेको थियो । यसै क्रममा पाकिस्तानले बिहीबार लाहोर–नयँदिल्ली रेल सेवा पनि बन्द गरिदिएको छ ।

भारतका अनुसार राजनीतिक सम्बन्धमा कटौती गर्नु पाकिस्तानको दुई देशको द्विपक्षीय सम्बन्धमा दुनियाँको सामुने एक डरलाग्दो तस्बिर पेस गर्ने चाल हो । भारतले इस्लामाबादलाई भनेको छ कि उ आफ्नो फैसलामा पुनर्विचार गराेस । विदेश मन्त्रालयले भनेको छ, कि पाकिस्तानद्वारा बुधवार उठाइएको कदममा भारत लाई अफसोस छ । साथै यो पनि भनेको छ, कि जम्मू-कश्मीरमा लिएको फैसला भारतको आन्तरिक मामला हो । यो घटनालाई पाकिस्तानले नकारात्मक नजरबाट हेरिरहेको छ । भारतका लागी यो कुनै असर गर्ने कुरा होइन ।

तर पाकिस्तानले सीमामा आतङ्कवादलाई जायज ठहराउनका लागी यस्तो भावना देखाएको हो । भारतीय विदेश मन्त्रालयले एक बयानमा भनेको छ, ‘भारतको संविधान संप्रभु मामला थियो , छ र सधैँ रहिरहनेछ । डरलाग्दो नजर पैदा गरेर हाम्रो अधिकारक्षेत्रमा दखल दिने उसको मनोकाम्क्षा कहिल्यै पुरा हुने छैन।’

राजनीतिक सम्बन्धलाई पूर्ण तरिकाले बहाल गरेर कूटनीतिक वार्ताको च्यानल सामान्य बनाउनका लागी भारत सरकारले पाकिस्तान लाई आग्रह गरेको छ । उस्ले भनेको छ जहाँसम्म जम्मू-कश्मीरमा भारतको फैसलाको सवाल छ, यसले लैङ्गिक र सामाजिक-आर्थिक भेदभाव समाप्त हुनेछ । यो पनि आशा छ कि यसले राज्यमा आर्थिक गतिविधि र रोजी-रोटीको सम्भावनामा सुधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्