Logo

संसद्मा एसी नचल्दा गर्मीमा गुम्सनु परेको सांसद परियारको गुनासो



Spread the love

२३ साउन, काठमाडौँ l संसद् भवनमा एसी नचल्दा गर्मीमा गुम्सनु परेको गुनासो नेपाली काँग्रेसकी सांसद सुजाता परियारले गरेकी छन् l

आज संसद्को बैठकमा सहभागिता जनाउँदै सांसद परियारले ३ दिनसम्म पनि एसी बनाउन नसक्नु संसद् सचिवालयको लापरवाही भएको बताउँदै सम्बन्धित निकायलाई निर्देशन दिन पनि सभामुखसँग आग्रह गरिन् ।

उनले भनिन्, “यस सभाहलमा केही दिनदेखि एसी छैन । अहिले यति धेरै गर्मी बढेको महिनामा गुम्सिएर बस्नुपरेको छ । सुनिन्छ, एसीमा पानी छैन । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो ?”

प्रतिक्रिया दिनुहोस्