Logo

प्लेअफमा सन्दीप र सोमपालको टोली भिड्ने



Spread the love

२३ साउन, काठमाडौं । क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछाने र सोमपाल कामी खेलिरहेका छन् । सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् ।

सोमपाल सम्मिलित टोलि विन्निपिग हक्सले सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सविरुद्ध इलिमिनेटर खेलमा खेल्ने भएको छ । गएराती दोस्रो चरणको खेलमा मोन्टरियल टाइगर्सलाई टोरन्टोले ३५ रनले पराजित गरेको हो ।

बिहीबार राति सवा १० बजे तालिकाको शीर्ष स्थानमा रहेको ब्राम्पटोन वुल्भ्स र दोस्रो स्थानमा रहेको भ्यानकुभर नाइट्सले पहिलो क्वालिफायर खेल खेल्ने छन् ।

बिहीबार राति सवा २ बजे तेस्रो स्थानमा रहेको सन्दीप सम्मिलित टोरन्टो नेशनल्सविरुद्ध चौथो स्थानमा रहेको सोमपाल सम्मिलित विन्निपिग हक्सले इलिमिनेटर खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्