Logo

साउ पाउलोमा डानी अल्भेसको भव्य स्वागत



Spread the love

२३ साउन, काठमाडौं । डानी अल्भेसको साउ पाउलोमा भव्य स्वागत भएको छ । ब्राजिलिन भेट्रान सन् २०२२ सम्म नयाँ क्लबमा आबद्ध रहने छन् । उनलाई भव्य समारोह अगाडी सयौं समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व स्टार क्लबको मैदानमा सार्वजनिक हुँदा ४० हजार भन्दा बढी समर्थकहरुको उपस्थिति रहेको थियो । लामो समयपश्चात आल्भेस स्वदेशको फुटबलमा फर्कदा ठूलो खुसी मनाइएको थियो ।

आल्भेसलाई क्लबका कप्तान हर्नानेसले समर्थकबीच प्रस्तुत गरे भने ३६ वर्षे स्टारलाई काकाले १० नम्बर जर्सी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्