Logo

५ करोडको विवादमा गायक रामकृष्ण ढकाल



Spread the love

२३ साउन, काठमाडौँ । ५ करोड ऋण नतिरेको भन्दै ललितपुर स्थित श्री लालीगुराँस सहकारीले एक दैनिक पत्रीकामा गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहको नाममा सार्वजनिक सूचना निकालेको छ ।

ऋण तिर्ने सम्बन्धी कुनै सूचना पाएको छैन । ढकालले सहकारी विरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरू मार्फत धम्क्याएको आरोप लगाइएको छ । ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर बिना कारण आफ्नो मानहानी गर्न खोजिएको ढकालाले बताएका छन् ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट लिएको एक करोड ८० लाख रुपैयाँको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । तरपनि लिलामीको मूल्यले ऋण असुलउपर नभएको सहकारीको भनाइ छ ।

सहकारीको सूचना अनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।

सूचनाको एउटै व्यहोरामा छुट्टाछुट्टै कर्जा रकम सहित केशव पुरी, अन्जु पुरी, श्याम बहादुर खत्री र शीतल भिडियो चलचित्र मन्दिरको नाम पनि उल्लेख छ । तर, उनीहरू ढकालसँग सम्बन्धित होइनन् । सबैभन्दा धेरै शीतल भिडियो चलचित्रको नाममा करिब ८ करोड रुपैयाँ ऋण देखाइएको छ ।

सहकारीबाट हालै प्रकाशित सूचनामा सहकारीले ‘ऋण तिर्न आउनू भनेर’ उल्लेख नगरेकाले केवल तर्साउने वा विवादमा ल्याउने उद्देश्यले मात्र सूचना प्रकाशित गरिएको हुन सक्ने ढकालको तर्क छ । पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफू मानहानिमा जान सक्ने ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्