Logo

मोन्टरियल टाइगर्सलाई पराजित गर्दै सन्दीप आबद्ध टोरोन्टो प्लेअफमा



Spread the love

२३ साउन, काठमाडौं । क्यानडामा जारी प्रतियोगिताअन्तर्गत बुधवार राति भएको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरोन्टो प्लेअफमा प्रवेश गरेको छ ।

१९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित हात पार्दै नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा पुगेको हो ।

टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिए भने सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्र्चिएर एक विकेट गिराए ।

टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा नेपाली फास्ट बलर सोमपाल कामी सम्मिलित टिम विनिपेग होक्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्