Logo

वर्तमान सरकार भाषण मात्रै गरेर हिँड्छ : सहमहामन्त्री महत



Spread the love

२२ साउन, काठमाडौँ l केपी ओली सरकारलाई नोैटङ्कीको संज्ञा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले दिएका छन् ।

नेपाली काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा सहभागिता जनाउँदै उनले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकार भाषण मात्रै गरेर हिँडेको पनि पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले टिप्पणी गरेका छन् । सरकारले कामको सट्टा जनतालाई नौटङ्की चरित्र देखाएको आरोप लगाउँदै भ्रष्टाचारलाई बढावा दिन सरकार लागिपरेको जिकिर गरेका छन् l

प्रतिक्रिया दिनुहोस्