Logo

बालुवाटारको जग्गा प्रकरण आझेलमा पर्दैन् : मन्त्री अर्याल



Spread the love

२२ साउन, काठमाडौँ l सरकारले बालुवाटार (ललितानिवास)को जग्गा प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पारेकी छन् l

रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा मन्त्री अर्यालले तीन वटा निकायबाट छानबिन र अनुसन्धानको काम भइरहेको बताउँदै उनले सो प्रकरण अझोलमा नपर्ने बताएकी हुन् ।

अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीन वटै निकायले आ-आफ्नो ढङ्गले काम गरिरहेको मन्त्री अर्यालको भनाइ छ । उनले भने, ‘सबैले आ-आफ्नो ढङ्गले काम गरिरहेका छौँ । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन् ।’

यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भएता पनि दोषीहरू नउम्किने मन्त्री आर्यालले दाबी गरिन् । ‘उनले अघि भनिन्, ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ l ‘

प्रतिक्रिया दिनुहोस्