Logo

सांसद संग्रौलाको प्रश्न- सरकारले जनतालाई स्वच्छ खानेपानी कहिले दिन्छ ?



Spread the love

२२ साउन, काठमाडौँ l बिना टेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले संसद्मा उठाएकी छन् ।

आज खानेपानी तथा सरसफाई विधेयकमाथिको छलफलमा सहभागिता जनाउँदै सांसद संग्रौलाले कहिलेसम्म आयोजनाको ठेक्का दिँदै जाने र सम्झौता तोड्दै जाने भन्दै मन्त्री बिना मगरलाई प्रश्न पनि गरिन् ।

१ अर्ब ५५ करोडमा सम्पन्न हुने आयोजना बिना टेन्डर झन्डै ३ अर्बमा ठेक्का दिइएको सांसद संग्रौलाले बताइन् । उनले भने, “नयाँ नयाँ ठेक्का गर्दै जाने । त्यो ठेक्का भित्र पनि अनियमितता हुँदै जाने । काठमाडौंवासीले पनि स्वच्छ खानेपानी खान नपाउने हो भने विगतको सरकारलाई औंला ठड्याएर हुँदैन । दुई तिहाइको सरकारले जनतालाई स्वच्छ खानेपानी कहिले दिन्छ ?”

उनले यसअघि खानेपानीको आयोजनाबाट इटालीको सिएमसी कम्पनीले हात झिक्नुमा झिक्नुमा मन्त्री र कम्पनीबीचको कमिसनको खेल कारण भएकोतर्फ पनि सङ्केत गरिन् ।

सरकारले ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी खुवाउने लक्ष्य राखेको भएता पनि हाल ३० प्रतिशत जनताले पनि स्वच्छ खानेपानी नपाएको सांसद संग्रौलाले बताइन् l

सबै क्षेत्रहरूमा खानेपानीका भिन्न भिन्नै समस्या रहेको भन्दै सांसद संग्रौलाले सरकारको ध्यानाकर्षण जलवायु परिवर्तनका कारण हिमाल पग्लने क्रम रहेको, पहाडमा पानीको मुहान सुक्दै गएको र तराईका जनताले आर्सेनिक मिसिएको पानी खाइरहनु परेको तर्फ गराइन् ।

मनिलाहरूले खानेपानी अभावका कारण समस्यामा उठाउनु परेको भन्दै उनले भनिन्, “प्राकृतिक स्रोत पानीका मुहानहरू, खोलानालाहरू सुक्दै गएका छन् । विकराल परिस्थिति छ । विशेष गरी आङ खस्ने समस्याका बाबजुद पनि महिलाहरू पानी लिन जान्छन् । त्यसरी ल्याउने पानी पनि शुद्ध छैन ।” पानी भनेको जीवन भएता पनि जीवनको रक्षा गर्न नसकेको सांसद संग्रौलाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्