Logo

नेपालभित्रै पाइलट स्कुल स्थापना : पर्यटनमन्त्री भट्टराई



Spread the love

२२ साउन, काठमाडौँ l संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले आफ्नै देशभित्र पाइलट स्कुल खोल्ने बताएका छन् ।

मन्त्रालयमा आज भएको छलफलमा सहभागिता जनाउँदै मन्त्री भट्टराईले पाइलट स्कुल खोल्नका लागि सरकार र निजी क्षेत्रका वायुसेवा कम्पनीको पनि लगानी रहने बताए ।

अहिले पाइलट अभावका कारण वायुसेवा कम्पनी तथा नेपाल वायुसेवा निगमले विदेशबाट पाइलट ल्याउँदै आएका छन् । पाइलट स्कुलको विस्तृत अवधारणा भने सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने पर्यटनमन्त्री भट्टराईले बताएका छन् । नेपाल वायुसेवा निगमले मात्रै एक जना विदेशी पाइलटका लागि मासिक न्यूनतम १५ हजार अमेरिकी डलर खर्चँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्