Logo

मेलम्ची खानेपानीको सन्दर्भमा सांसद केसीले भने- राजधानीवासी काकाकुल छन्



Spread the love

२२ साउन, काठमाडौँ l नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री विना मगर र सचिवका कारण काठमाडौँवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा सहभागिता जनाउँदै काँग्रेस सांसद केसीले मन्त्री र सचिवका कारण मेलम्चीको पानी राजधानी आउन नसकेको दाबी गरे ।

सांसद केसीले भने, ‘मन्त्रीज्यू यहाँ हुनुहुन्छ । म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औ वर्षको आयोजनाको रूपमा रहेको मेलम्ची तपाईँका कारणले सम्पन्न भएको छैन । सचिव र तपाईँका कारणले राजधानीवासीलाई पानी उपलब्ध हुन सकेको छैन । राजधानीवासी काकाकुल छन् ।’

र्कीतिपुरबासीहरू एक गाग्री पानीका लागि बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै सांसद केसीले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्