Logo

अचम्मको गाउँ जहाँका मानिस देखि पशुपक्षी नै दृष्टिवीहिन !



Spread the love

दुनियाँमा केही यस्ता स्थानहरू छन् जहाँ रहस्यमय कुराहरूले भरिपूर्ण छ, र त्यो अझै सम्म सुल्झन पनि सकेको छैन l

यस्तै मेक्सिकोमा एउटा गाउँ छ, जसको नाम टिल्टेपक हो, तर दृष्टिवीहिनको गाउँ भनेर चिनिन्छ l उक्त गाउँका व्यक्तिले मात्रै नभई कुनै जनावरले पनि आँखा देख्न सक्दैनन् l

सो गाउँमा जोपोटेक आदिवासीका मानिसहरू बसोबास गर्ने गर्दछन् l सुरूमा जन्मिदा बालबालिका सामान्य नै हुने गर्छन् र आँखा पनि देख्छन् l तर केही दिन पश्चात् नै आँखाको दृष्टि हराएर बालबालिकाहरू अन्धो बन्दछन् ।

त्यहाँका गाउँलेहरूले आफूहरू अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । उक्त रूखको नाम लाभजुएला हो l जसलाई हेर्दा मानिसहरू मात्रै होइन पशुपक्षी सबै नै अन्धा हुने गर्छन् l

तर गाउँलेहरू अन्धो हुनुमा रुखको कुनै हात नरहेको वैज्ञानिकहरूले बताएका छन् l मानिस र जनावरहरूको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिँगा रहेको वैज्ञानिकहरूको भनाई छ । सो विषालु झिँगाले टोकेपछि मानिस र जनावरहरूको आँखाको ज्योति हराउँदछ ।

प्रतिक्रिया दिनुहोस्