Logo

शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोचना



Spread the love

२१ साउन, काठमाडौं । अघिल्लो महिना इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा पाकिस्तान क्रिकेट बोर्डले आफ्नो प्रदर्शनबारे समिक्षा गरिरहेको छ ।

समुह चरणबाटै बाहिरिसंगै जताततै शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोचना भइरहेको छ । टेष्ट टोलीको कप्तानबाट अहमदलाई हटाएको छ । त्यस्तै बैठकमा प्रमुख प्रशिक्षक मिकी आर्थरले अहमदलाई टि२० र वान डे टोलीको कप्तानबाट पनि हटाउन सिफारिस गरेका छन् । इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा अहमदले कप्तानी र प्रर्दशन दुबैमा खराब प्रर्दशन गरेका थिए ।

विश्वकपमा अहमदको कप्तानीमा पाकिस्तानको प्रर्दशन बारे समिक्षा हुँदा आर्थरले उनलाई कप्तानबाट हटाउन सिफारिस गरेका हुन् । त्यस्तै आर्थरले टेस्ट टिमको लागि युवा ब्याट्सम्यान बाबर आजमलाई सिफारिश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्